दार्चुला । सेती प्रादेशिक अस्पतालबाट ६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । कोरोनालाई नजिते पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

लक्षण नदेखिएका र स्वास्थ्य समस्या नभएका सङ्क्रमितलाई १४ दिन आइसोलेशनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० र २७ वर्षीय युवक तथा शिवनाथ गाउँपालिका वडा नम्बर २ का २० र २२ वर्षीय युवकलाई डिस्चार्ज गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयाे ।

उनीहरुलाई चिकित्सकको आवश्यक निर्देशनसहित डिस्चार्ज गरिएको हो । अब सेती प्रादेशिक अस्पतालमा २० जना सङ्क्रमितको उपचार भइरहेको छ ।

याे पनि पढ्नुहाेस : थप २७८ काेराेना सङ्क्रमित, नेपालमा कुल सङ्ख्या २९१२ पुग्यो, ११ जनाकाे मृत्यु https://lokdarpantv.com/2020/06/05/1002/

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?