दार्चुला । दार्चुलाका १० जनामा सोमबार कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा १० जना पुरुषको पिसिआर रिर्पोट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो ।
सोमबार शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक÷एक जना पुरुषमा कोरोना पुष्टी भएको हो ।
दार्चुलाकाे शैल्यशिखर नगरपालिकाका ३४, ३०, २७, २९, २०, १७, २०, २१ वर्षका ८ जना, लेकम गाउँपालिकाका ४२ वर्षका र महाकाली नगरपालिकाका २८ वर्षका गरी १० जना पुरुषमा काेराेना संक्रमण पुष्टी भएकाे जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयाे ।
यसअघि जेठ ८ गते महाकाली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । जिल्ला अस्पताल दार्चुलामा उपचाररत दार्चुलाका एकमात्र कोरोना संक्रमित पुरुषको दोस्रो रिपोर्ट नेगेटिभ आइसकेको र तेस्रो पटक पिसिआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना धनगढी पठाइएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
सोमबार धनगढी प्रयोगशालामा कञ्चनपुरका १९ जना, दार्चुलाका १०, डडेल्धुराका ७ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको हो । योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ४७ पुगेको छ ।
अहिलेसम्म सबैभन्दा बढि कैलालीका ४८ जना, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ ।
पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १८ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय २९, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।
दार्चुलामा २० जना पुरुषको आरडिटी रिपोर्ट पोजेटिभ
दार्चुलामा भारतका विभिन्न सहरबाट भित्रिएका २० जना पुरुषहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । सोमबार लेकम गाउँपालिकामा २ जना र अपिहिमाल गाउँपालिकाका १ जना गरी तीन जना पुरुषको आरडिटी पोजेटिभ देखिएको छ ।
आइतबारसम्म १७ जना पुरुषमा आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो । हालसम्म आरडिटी पोजेटिभ देखिएका २० जनालाइ आइसोलेसन कक्षमा सारीएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्र भट्टले जानकारी दिनुभयो । आरडिटी पोजेटिभ देखिएकाहरुको केहि दिन भित्रै थ्रोट स्वाबको नमुना संकलन गरी पिसिआर विधिबाट कोरोना परीक्षण गरीने भट्टले बताउनुभयो ।
भारतका विभिन्न सहरका साथै बाहिरी जिल्लाहरुबाट भित्रिएर क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण भइरहेको छ । हालसम्म जिल्लाभरी २ हजार १ सय १० जनाको आरडिटी परीक्षण गरीएकोमा २० जनाको एन्टीबडी पोजेटिभ देखिएको छ ।
दार्चुलाका १० सहित सुदूरपश्चिममा आज ३७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४७ पुग्यो
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।