कर्तव्य ज्यान मुद्धाका सात जना आरोपीलाई पुर्पक्षका लागि कारागार चलान गरीएको छ।

अछाम जिल्लाको मंगलसेन नगरपालीका वडा नम्बर १४ कालागाउँका सन्तोष भण्डारीको कुटपिट गरी हत्यामा संलग्न भएको आरोपमा सात जनालाई कारागार चलान गरिएको हो।

गत भदौ १६ गते कुटपिट बाट गम्भीर घाइते भएका भण्डारीको उपचारको क्रममा जिल्ला अस्पताल अछाममा ज्यान गएको थियो। कमलबजार नगरपालीका वडा नम्बर ६ हात्तीबाजका भुपेन्द्र शाही समेतका ९ जनाको समुहले भण्डारीलाइ कुटपिट गरेको आरोप छ।

उक्त घटनामा कर्तव्य ज्यान मुद्धा लागेका दुई जना बालकलाई भने बाल सुधार गृह सिलगढी डोटी पठाइएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?