अछाम : रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गयो

अत्याधिक रक्तश्रावका कारण अछाममा सुत्केरी महिलाको ज्यान गएको छ ।

गएराती जिल्ला अस्पतालमा तुर्माखाँद गाउपालीका वडा नम्बर ४ का ३८ बर्षिया नामसरा कामीको ज्यान गएको जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले जानकारी दिनुभयो ।

सोमबार मध्यान्ह १२ बजे नै सुत्केरी बेथा लागेर रक्तश्राव हुन थालेपछी स्थानिय स्वास्थ्य संस्थामा सुत्केरी हुन सम्भव नभएपछी बेलुका ४÷५ बजे मात्रै जिल्ला अस्पतालमा जानकारी आएपछी करिब साढे ४ घण्टापछी मात्रै जिल्ला अस्पतालमा पुरयाईएको डाक्टर भारद्धाजले बताउनुभयो ।

छैठौं पटक आमा बन्न गईरहकोमा उनको अस्पताल पुरयाईसके पछीपनि रक्तश्राव नरोकीएपछी मृत्यु भएको हो । उनको बच्चाको पेटमै हुँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?