दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई मातृ शोक परेको छ।
उहाँकी आमा धौली देवी बोहराको मंगलबार राति निधन भएको बोहराका स्वकीय सचिव आदर्श साउदले बताउनुभयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य, अछाम जिल्ला इन्चार्ज बोहराकी ७८ वर्षीय आमा सेती प्रादेशिक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । निमोनियाबाट ग्रसीत उहाँको मंगलबारदेखि अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको थियो।
उहाँमा कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ।





प्रतिक्रिया