दार्चुला । अछाममा एक जना ओभरसियर मृत फेला छन् । पूर्वाधार विकास कार्यालय अछाममा कार्यरत ओभरसियर समशेर खड्का मृत फेला परेका हुन्।
जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ३ चिरकाट्यामा ३५ बर्षिय खड्का मृत भेटिएको प्रहरीले जनाएको छ । रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताउनुभयो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




