दार्चुला । अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

आइतबार दिउँसो पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ को कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा २३ वर्षीय बिर्ख बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनी पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् ।

घाइतेहरु मध्ये चार जनाको अवस्था  गम्भीर रहेको र उनिहरु सबैको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?