अछामका विनोद शाहीको हत्याका मुख्य आरोपी काठमाडौँबाट पक्राउ

दार्चुला । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का स्थानीय विनोद शाहीको हत्याका मुख्य आरोपी सर्जनबहादुर शाही पक्राउ परेका छन्। उनलाई राष्ट्रिय युवा संघ नेपालको टोलीले काठमाडौँको धापासीबाट समातेर महाराजगञ्ज प्रहरीलाई बुझाएका थिए। त्यसपछि उनलाई हिरासतमा लिइएको प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी अंगुर जिसीले जानकारी दिनुभयो ।

यसअघि नै शाहीको हत्या संलग्न रहेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका थिए।

शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो।

त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए। उनको हत्या भएको भन्दै नगरप्रमुख चलाउनेसहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए।थाहा खबर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?