एमालेको संकल्प यात्रा आज अछाम पुग्दै

दार्चुला । नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली अछामका पुग्दै छ ।

प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियो।

आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने छ। गौतमका अनुसार स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ। बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मंगलसेनमा हुने गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार चौखुट्टे, साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ताहरुसँग भेटघाट हुनेछ।

दिउसो मंगलसेनमा आमसभाको तयारी रहेको छ। टोलीले आज १०५ किलोमिटर यात्रा गर्ने बताएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?