दार्चुला । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीका प्रकाश बुढाको दैलेखको आठबिस नगरपालिका ४ राकममा एभरेस्ट नेटवर्क इन्टरनेटको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
हिजो मंगलबार इन्टरनेटको काम गर्न विद्युतको पोलमा चढेका प्रकाशलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




