
दार्चुला । अछामको साँफेबगर नगरपालिका–१ मा रहेको कोटिहोम महायज्ञमा आगलागी भएको छ। बिहिवारबाट सुरु भएको कोटिहोम महायज्ञमा आज आगलागी भएको हो। पाँचवटा कुण्डमध्ये एउटा कुण्ड जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
होम गर्ने बेलामा कुण्डबाटै आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ। अहिले आगो नियन्त्रणमा आइसकेको छ।
फागुन २५ गतेसम्म सञ्चालन हुने गरी अछामको वैद्यनाथ धाममा कोटिहोम लगाइएको थियो।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।