दार्चुला । अछाममा आफनै बाबुबाट १२ वर्षिया बालिका बलात्कृत भएकी छन । जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर १४ मा ३५ वर्षीय बाबुले आफ्नी १२ बर्षिया छोरीलाई बलात्कार गरेका हुन् ।
नाबालिग छोरी बलात्कारको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिनुभयो ।
शनिवार दिउँसोको समयमा नावालिकामाथी आफ्नै बाबुले घरभित्रै करणी गरेका थिए ।
नावालिग छोरीमाथि बलात्कार भएको आमाले थाहा पाएपछि स्थानीय मार्फत घटनाबारे प्रहरीलाई खबर भएको थियो ।
बलात्कृत नाबालिगको शनिवार नै स्वास्थ्य परीक्षण गरिएको र प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखीएको पाइएको छ ।
शनिवार साँझै बाबुलाई नियन्त्रणमा लिइएको र म्याद थप गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




