दार्चुला । अछाममा आफनै बाबुबाट १२ वर्षिया बालिका बलात्कृत भएकी छन । जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर १४ मा ३५ वर्षीय बाबुले आफ्नी १२ बर्षिया छोरीलाई बलात्कार गरेका हुन् ।

नाबालिग छोरी बलात्कारको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिनुभयो ।

शनिवार दिउँसोको समयमा नावालिकामाथी आफ्नै बाबुले घरभित्रै करणी गरेका थिए ।

नावालिग छोरीमाथि बलात्कार भएको आमाले थाहा पाएपछि स्थानीय मार्फत घटनाबारे प्रहरीलाई खबर भएको थियो ।

बलात्कृत नाबालिगको शनिवार नै स्वास्थ्य परीक्षण गरिएको र प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखीएको पाइएको छ ।

शनिवार साँझै बाबुलाई नियन्त्रणमा लिइएको र म्याद थप गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?