दार्चुदा । अछाममा ट्याक्टर दुर्घटनामा परी मृत्यु भएका पाँचजनाको सामूहिक अन्त्येष्टि गरिएको छ । पोष्टमार्टमपछि मृतक पाँचजनाको बिरा घाटमा आज अन्त्येष्टि गरिएको हो ।

यहि चैत १२ गते मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडाको सुयडामा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सबै मेल्लेख गाउँपालिका९ १ ऋषीदहका रहेका छन् । ५५ वर्षीया रंग धामी,४५ वर्षीया प्रेम धामी,३७ वर्षीया नरबहादुर धामी,१५ वर्षीया जनक धामी र २१ वर्षीया जनक धामीको मृत्यु भएको हो।

उक्त दुर्घटनामा दुईजना घाइते भएका छन् । घाइते लालहादुर धामी र हंस धामीको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

मेल्लेखको षोडशाबाट साँफेबगर तर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर एक्कासी अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?