दार्चुला । अछामको रामारोसनमा एक बालकको रुखबाट लडेर ज्यान गएको छ । जिल्लाको रामारोसन गाउँपालिका वडा नम्बर ५ का १४ वर्षीय पुरन रोकायाको बुधवार रुखबाट लडेर घटनास्थलमै ज्यान गएको हो ।

गाउँ नजिकै रहेको सालिमकोट सामुदायिक वनको चौतारामा रुखबाट झ्याउ निकाल्ने क्रममा उनको लडेर मृत्यु भएको स्थानीयले जानकारी दिनुभयो । उनी नीलकण्ठ माध्यमिक विद्यालय पातलमा कक्षा ७ मा अध्ययनरत रहेका थिए।

अहिले अछामको रामारोशन लगायतका लेकाली क्षेत्रमा रुखहरूबाट जडिवुटी तथा झ्याउहरू निकाल्ने बेचबिखन गर्ने चलन रहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?