
दार्चुला । अछामको रामारोसनमा एक बालकको रुखबाट लडेर ज्यान गएको छ । जिल्लाको रामारोसन गाउँपालिका वडा नम्बर ५ का १४ वर्षीय पुरन रोकायाको बुधवार रुखबाट लडेर घटनास्थलमै ज्यान गएको हो ।
गाउँ नजिकै रहेको सालिमकोट सामुदायिक वनको चौतारामा रुखबाट झ्याउ निकाल्ने क्रममा उनको लडेर मृत्यु भएको स्थानीयले जानकारी दिनुभयो । उनी नीलकण्ठ माध्यमिक विद्यालय पातलमा कक्षा ७ मा अध्ययनरत रहेका थिए।
अहिले अछामको रामारोशन लगायतका लेकाली क्षेत्रमा रुखहरूबाट जडिवुटी तथा झ्याउहरू निकाल्ने बेचबिखन गर्ने चलन रहेको छ ।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।