दार्चुला । अछाममा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। जिल्लाको ढकारी गाउँपालिकाको राउलासैनामा परालसहित ११ जना सवार सुदूरपश्चिम प्रदेश ०१००२ त ५१८८ नम्बरको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घाइते हुनेमा ढकारी गाउँपालिका–१ लयगाउँका ३२ वर्षीय दिनेश रिमाल, १० वर्षीय छोरा लोकेश रिमाल, ४६ वर्षीय धने टमट्टा, ५७ वर्षीय मनराजे टमट्टा, १६ वर्षीया कविता टमट्टा, १७ वर्षीया खिमा टमट्टा र १३ वर्षीया जनधरा टमट्टा  रहेका छन् ।

घाईतेमध्ये दुइ जनालाई थप उपचारका लागि धनगढी पठाइएको र पाँच जनाको ढकारी स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?