दार्चुला । दार्चुलामा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
सप्रोस नेपाल दार्चुलाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालको अध्यक्षता रहेको थियो । कार्यक्रममा स्थानीय तहका उपाध्यक्ष, एंव प्रतिनिधिहरु,प्रमुख प्रशासकीय अधिकृतहरु, कृषि र शिक्षा शाखा प्रमुखहरु लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
कार्यक्रममा गत वर्षको स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको समिक्षा गर्नुका साथै प्रमुख उपलब्धी र समस्याका बारेमा रिर्पोटिङ गरिएको सप्रोस नेपाल दार्चुलाका फिल्ड प्राविधिक अधिकृत प्रतिक अवस्थीले जानकारी दिनुभयो ।
त्यस्तै अगामी कार्यक्रमहरु प्रभावकारी बनाउने स्थानीय तहहरुसंग समन्वयात्मक हिसाबले सम्झैता गरेर अगाडी बढने लगायतका बिषयहरुमा छलफल गरिएको उहाँले बताउनुभयो ।
दार्चुलाका ३३९ विद्यालयका २५ हजार ७ सय ५४ जना विद्यार्थी दिवा खाजा कार्यक्रमबाट लाभाम्वित भएका छन् ।





प्रतिक्रिया