घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु

दार्चुला । अछाममा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ५ का ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो।

चैते दशैँको अवसरमा घरमा काटेको खसीको मासु खाएका कुँवरको घाँटीमा मासु अड्किएको थियो। गाउँ घरमा काटेको खसीको मासु घर लगेर पकाएर खाने समयमा उनको घाँटीमा अड्किएपछि बेहोस भएका थिए। उनलाई शनिवार (आज) बिहान बयलपाटा अस्पताल उपचारका लागि लगिएको थियो। अस्पतालका चिकित्सकहरूले शनिवार दिउँसो मृत घोषणा गरेका हुन।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?