अमेरिकाले उत्तर–पश्चिम नाइजेरियामा आतंकवादी संगठन इस्लामिक स्टेट (आइएसआईएस)विरुद्ध शक्तिशाली र घातक सैन्य हमला गरेको छ । आक्रमणको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।

राष्ट्रपति ट्रम्पले सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै यो कारबाही आफ्नो निर्देशनमा भएको बताएका छन् । उनले इसाइहरूको क्रुर हत्या गरिरहेकाहरूमाथि हमला गरिएको स्पष्ट पारेको सीएनएनले जनाएको छ ।

यूएस अफ्रिका कमान्डले नाइजेरियाली अधिकारीहरूको अनुरोधमा उत्तरमा नाइजरसँग सीमा जोडिएको सोकोतो राज्यमा यो आक्रमण गरिएको जनाएको छ ।

PSF
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “मैले यी आतंककारीहरूलाई यदि, उनीहरूले इसाइहरूको हत्यालाई नरोके नर्क भोग्नुपर्नेछ भनेर पहिले नै चेतावनी दिएको थिएँ, र आज राति त्यो भयो,” उनले थपे, “युद्ध विभागले धेरै प्रभावकारी हड्तालहरू गरेको छ, जुन केवल संयुक्त राज्य अमेरिकाले मात्र गर्न सक्छ ।”

उनले आफ्नो नेतृत्वमा रहेको देशले कट्टर इस्लामिक आतंकवादलाई फस्टाउन नदिने बताए । इसाइहरूको हत्यालाई जारी राखे यस्ता कारबाही अझै थपिने उनको चेतावनी छ ।

सीएनएनले थप टिप्पणीका लागि ह्वाइट हाउस र नाइजेरियाली सरकारसँग सम्पर्क गरेको जनाएको छ ।

ट्रम्पले विगत केही महिनादेखि नाइजेरियाका इसाइहरूको पीडामाथि ध्यान केन्द्रित गर्दै आएका छन् । यस क्रममा उनले नोभेम्बरमा रक्षा सचिवलाई सम्भावित कारबाहीका लागि तयारी गर्न आह्वान गर्दै, अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको देश नाइजेरियामा अमेरिका बन्दुक चलाउँदै प्रवेश गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?