घरभित्रै बन्दुक पड्कीँदा डोटीमा एक युवकको मृत्यु

दार्चुला । डोटीमा घरभित्रै बन्दुक पड्कीँदा एक युवकको मृत्यु भएको छ। बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ लफडा गाउँमा दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा कोठाभित्र राखिएको भरुवा बन्दुक अचानक पड्किँदा ३० वर्षीय कलम धामीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार साँझ बन्दुक अचानक पड्किँदा धामीको बाँया कन्चटमा छर्रा लागेको थियो।

उहाँको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाको थप अनुसन्धानका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा एसओसीओसहित छ जनाको टोली खटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?