इरानका सर्वोच्च नेता खामेनीको निधन भएको पुष्टि, देशमा ४० दिनको शोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भइसकेको बताएका छन्।

इरानको सरकारी टेलिभिजनले पनि आयतुल्लाह अली खामेनेईको निधन भएको पुष्टि गरेको छ। सरकारी टेलिभिजनका प्रस्तोताले रोइरहेको अवस्थामै खामेनेईको मृत्युको घोषणा गर्दै देशभर ४० दिन शोक मनाइने जानकारी दिएका छन्।

शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए। आइतबार बिहान सबेरै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा खामेनेईको मृत्युबारे दाबी गरेका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?