इरानले खामेनेका छोरा मोज्तबालाई सर्वाेच्च नेता घाेषणा गरेकाे दाबी

इरानमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको ठाउँमा उहाँका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि यसबारे पूर्णरूपमा अझै सार्वजनिक नगरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिका र इजरायलले गएको हप्ता इरानमाथि आक्रमण गर्दा सर्वोच्च नेता खामेनी मारिएका थिए । त्यसपछि इरानले मध्यपूर्वभरि अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरिरहेको छ ।

अमेरिकी सेनाको मध्यपूर्व कमान्डका अनुसार इरानको प्रारम्भिक आक्रमणमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या ७ पुगेको छ । युद्धको प्रभाव अन्तर्राष्ट्रिय बजारमा पनि देखिन थालेको छ । विश्वको महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरु प्रभावित भएपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।

लेबनानमा इजरायली हवाई आक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या झन्डै ४०० पुगेको त्यहाँको स्वास्थ्य स्वास्थ मन्त्रालयले दाबी गरेकाे छ ।

इरानको राजधानी तेहरानमा तेल भण्डारण डिपोहरूमा भएको ठूला आक्रमणपछि आगलागी भएको खबरमा उल्लेख छ ।

मध्यपूर्वभर फैलिएको यो युद्धले क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढाउने चिन्ता बढेको विश्लेषकहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?