दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका–२ स्थित रौलेश्वर माध्यमिक विद्यालय को ६४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

शनिबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयराज भट्टको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष पार्वती कार्की को प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।

विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर भाट का अनुसार वार्षिकोत्सवका अवसरमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएका थिए। साथै खेलकुद तथा अन्य प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा प्रधानाध्यापक भाटले विद्यालयको वार्षिक आयव्यय विवरण समेत प्रस्तुत गर्नुभयो। उहाँका अनुसार विद्यालयको कुल आय ५१ लाख ७६ हजार ३ सय ६६ रुपैयाँ र व्यय ५१ लाख ४४ हजार ३ सय ८६ रुपैयाँ रहेको छ।

दोगडाकेदारबाट लोकदर्पण संवाददाता सुरज महराले जानकारी दिनुभएको हो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?