दार्चुला । पछिल्लो समय बैतडीमा भएका अपराधिक घटनामा संलग्नलाई कारवाहिको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

नेपाल कम्यूनिष्ट पार्टि(नेकपा) बैतडीका नेताहरु आज मन्त्रालयमै पुगेर घटनाको बिषयमा सत्यतथ्य छानबिन गरि दोसीमाथी कारबाहिको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ओली पक्षिय नेकपाका सुदुरपश्चिम प्रदेश कमिटि अध्यक्ष कर्णबहादुर थापा, बिगठित प्रतिनिधिसभा सांसद तथा केन्द्रीय सदस्य दामोदर भण्डारी, केन्द्रीय सदस्य पुरनसिंह दयाल, पार्टिका बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पाल लगायतको टोलीले आज गृह मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । हत्या गरेर जंगलमा शब फालेको अवस्थामा भेटिएकी दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की भागरथी भट्टको हत्यामा संलग्नलाई तुरुन्त पक्राउ गरि कडा कारवाहिको जोडदार माग गरिएको छ ।

यसैगरि जिल्लाको पुर्चौडी १० मा बुवाले आफ्नै छोरीमाथी गोली प्रहार गरि हत्या गरेको लगायतका घटना भएको भन्दै यी घटनाका दोसीलाई कारवाहिको माग गरिएको पार्टिका प्रदेश कमिटि सदस्य लोकबहादुर भण्डारीले बताउनुभयो । यसैगरि भोली यसै बिषयलाई लिएर प्रधानमन्त्रीलाई समेत भेट्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?