दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत आउनुभएको छ ।

लामो समय देखि निमित्त प्रमुख प्रशासकिय अधिकृतको भरमा सञ्चालित व्यास गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ प्रमुख प्रशासकिय अधिकृत पठाएको हो ।

प्रमुख प्रशासकिय अधिकृतको रुपमा भानुभक्त भट्ट आउनुभएको ब्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखर चन्द्र ओझाले जानकारी दिनुभयो । बुधबार (आज) बाट गाउँपालिकामा हाजिर हुनेगरि नयाँ प्रशासकिय अधिकृत आउनुभएको उहाँको भनाई छ ।

नयाँ प्रमुख प्रशासकिय अधिकृत आए संगै व्यास गाउँपालिकालाई आर्थिक र प्रशासनिक कामकाज सञ्चालन गर्न सहज हुने भएको छ ।

व्यास गाउँपालिकाले चालु आर्थिक वर्षमा विभिन्न ४० ओटा योजनाको निर्माण कार्य सकेर फरफार गरिसकेको जनाएको छ । चालु आर्थिक वर्षमा सञ्चालित ४० योजनाको निर्माण कार्य सम्पन्न भइ फरफारक गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले बताउनुभयो ।

व्यास गाउँपालिकामा चालु आर्थिक वर्षमा निर्माण गर्नुपर्ने एक सय ९४ वटा योजनाको सम्झौँता गरिसकेको उहाँले बताउनुभयो ।

यसैबिच व्यास गाउँपालिकाको सातौँ अधिबेशनबाट पाँच ओटा विभिन्न कार्यविधिहरु पारित भएका छन् । साँतौ हिउँदे अधिबेशनबाट जेष्ठ नागरिक परिचपय पत्र वितरण सम्बन्धी कार्यविधि, एम्बुलेन्स सञ्चालन कार्यविधि, गाउँपालिका अध्यक्ष अक्षय कोष सञ्चालन कार्यविधि, गाउँपालिकाको योजना तथा उपभोक्ता गठन सम्बन्धी कार्यविधि र लैगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७७ पारित गरिएको व्यास गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?