दार्चुला । बलात्कार पछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि दार्चुलाको गोकुलेश्वरमा आज दिउँसो शान्तिपुर्ण र्याली एवं दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।
गत माघ २१ गते (बुधबार) विद्यालयबाट घर फर्किने क्रममा बलात्कार गरेर हत्या गरिएकी भट्टको शव बिहिवार साझ घर नजिकैको लवलेक जङ्गलमा फालिएको अवस्थामा भेटिएको थियो । प्रहरीले घटनाको शुरूदेखि नै अनुसन्धान गरिरहेको भएपनी बलात्कारी आजसम्म पत्ता लाग्न सकेको छैन ।
यतिबेला देशका विभिन्न ठाउँमा भागरथीले न्याय पाउनुपर्ने माग राख्दै आन्दोलन भइरहेका छन । सोहीअनुरूप गोकुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहकार्यमा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशिल संस्था वाइड नेपालले बलात्कारी पत्ता लगाउनुपर्ने माग राख्दै शान्तीपुर्ण र्याली एवं दीप प्रज्वलन गरिएको वाइड नेपालका अध्यक्ष बिस्ना धामीले जानकारी दिनुभयो ।
अध्यक्ष धामीले विगतमा पनि यस्ता प्रकृतिका घटनामा सरकारले गम्भीर लापरबाही गरेको औंल्याउदै यस घटनाको दोषीलाई छिटो सार्वजनिक गर्नुपर्ने माग गर्नु भएको छ ।
गोकुलेश्वर माध्यमिक विद्यालयबाट शुरू भएको र्याली गोकुलेश्वर बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो । र्यालीमा गोकुलेश्वरका विद्यार्थी, बुद्धिजीवी एवं अभियन्ताहरूको उपस्तिथि रहेको विद्यार्थी योगेश चटौतले बताउनुभयो ।
सरकारले पीडितलाई न्याय दिन ढिलाइ गरेकोले सरकारलाई खोज्न र भागरथीलाई न्याय दिलाउन दिउँसै दीप प्रज्वलन गरिएको सहभागीहरूले बताएका छन ।





प्रतिक्रिया