दार्चुला । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ५ को कोटेली भन्ने ठाउँमा माटोमुनी गाडेको अवस्थामा बन्दुक र तरवार फेला परेको छ ।
स्थानीयहरुको सहयोगमा असई नरेन्द्र बडाल नेतृत्वको टोलीले हतियार फेला पारेको हो । फेला परेको बन्दुक यहि माघ २४ गते आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गर्ने पुर्चौडी नगरपालिका–१० का धनबहादुर महराले प्रयोग गरेको बन्दुक रहेको प्रहरीले जनाएको छ ।
६८ वर्षीय महराले माघ २४ गते साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर २२ वर्षीया विवाहित छोरी बेलमती महरा धामीको हत्या गरेका थिए ।
सुआहारा कार्यालय बैतडीका कार्यालय सहयोगी उत्तम बहादुर बिष्टको सहयोगमा महरालाई बैतडीकै दोगडाकेदार गाउँपालिकाको कटौजपानी मान्लेक भन्ने ठाउँबाट हिजो प्रहरीले प्रक्राउ गरिसकेको छ ।
बैतडी जान टिकट खोजीरहेका महरालाई कार्यालय सहयोगी बिष्टले बैतडीसम्म संगै जाने भनेर फकाएर प्रहरीलाई खबर गरेपछि खोचलेक प्रहरीले समात्न सफल भएको पुर्चौडीबाट रेडियो लोकदर्पण समाचारदाता हरि सिह साउँदले जानकारी दिनुभयो ।





प्रतिक्रिया