बैतडी : स्वास्थ्यचौकीमा कार्यरत एक कर्मचारी मृत फेला

दार्चुला । बैतडीमा एक कर्मचारी मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ८ स्थित शिवलिंग स्वास्थ्यचौकीमा कार्यरत ४५ बर्षीय रामसिंह ऐर मृत फेला परेका हुन् ।

यही माघ २७ गते कार्यालयबाट घरफर्केका ऐर घरमा नपुगेपछि खोजतलास गर्दा शुक्रबार बिहान आठ बजेतिर मृत फेला परेका शिवलिंग स्वास्थ्यचौकीका इन्चार्ज भीमसिंह ऐरले जानकारी दिनुभयो ।

शिवलिंग प्रहरीचौकीबाट खोजतलासका लागि खटिएको टोलीले जेवलाखान भीरबाट करीब ३ सय मिटर तल ऐरको शव फेला पारेको हो । ऐरको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक धनदेव साउँद नेतृत्वको टोली खटिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?