दार्चुलामा नहरको पर्खाल भत्किदा दुई जनाको मृत्यु

दार्चुला । दार्चुलामा निर्माणाधिन लघु जलविद्युत आयोजनाको नहरको पर्खाल भत्किदा दुई जनाको मृत्यु भएको छ ।

अपिहिमाल गाउँपालिका–६ मज्जेमा निर्माण भइरहेको मज्जे खोला लघु जलविद्युत आयोजनाको पर्खाल निर्माण गर्ने क्रममा शनिबार विहान ११ बजे निर्माणाधिन पर्खाल भत्किएर दुई जना कामदारको ज्यान भएको स्थानीय भगत सिंह धामीले जानकारी दिनुभयो ।

भिरमा पर्खाल निर्माण गरिरहेको बेला एक्कासी पर्खाल भत्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दार्चुलाको मार्मा गाउँपालिका–१ पाकुका अन्दाजी ४५ वर्षीय बल्देव महरा र अपिहिमाल गाउँपालिका–६ मज्जेकी अन्दाजी ४० वर्षीया गोमती धामी रहेको धामीले बताउनुभयो ।

घट्नाको थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमल बहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?