बैतडी । भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

पक्राउ पर्ने व्यक्ति सनातन माविमै अध्ययनरत विद्यार्थी हुन् । भागरथीका छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गरिने प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार ती विद्यार्थीले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् ।

भागरथी मृत भेटिएको १३ औँ र बेपत्ता भएको १४ औँ दिनमा प्रहरीले ती किशोरलाई पक्राउ गरेको पुष्टि गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका अभियुक्तलाई बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने बताउनुभयो ।

उनले बयानका क्रममा अपराध स्वीकार गरिसकेको प्रहरी वरिष्ठ उपरीक्षक सिंह बताउँछन्। भट्ट थरका ती युवक भागरथीकै छिमेकी र नातेदार रहेको खुलेको छ।

भागरथी अध्ययनरत बैतडीको दोगडाकेदार गाउँपालिकाकै सनातन धर्म माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्।

त्यो दिन बलात्कार गरि पछि हत्या गरेका बयान दिएका उनले भागरथीको परिवारसँग आफ्नो परिवारको पूरानो रिसिबीका कारण उनको हत्या गरिदिएको बताएको प्रहरी स्रोतले जनाएको छ।

घटना भएकै दिनदेखि प्रहरीको निगरानीमा रहेका उनलाई सोधपुछपछि छोडिएको थियो। ती युवक भागरथीको न्यायका लागि हुने प्रर्दशनमा समेत सहभागी हुने गरेका थिए।

अभियोग पुष्टि हुने सबुत प्रमाण समेत मिलेपछि प्रहरीले पक्राउ गरि उनलाई मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय पुगाएको छ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।

वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?