दार्चुला । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याका आरोपित दिनेश भट्टले बलात्कार पनि गरेको स्वीकार गरेका छन्। आज सरकारी वकिलले उनका बुवाको सामु लिएको बयानका क्रममा दिनेशले बलात्कार पनि गरेको स्वीकार गरेका हुन्।
नबालकको हकमा अभिभावकको रोहवरमा बयान लिनु पर्ने प्रावधान अनुसार उनका बुवालाइ सँगै राखेर सरकारी वकिलले बयान लिएको समाचार सुत्रले बतायो। सोही बेला दिनेशले आफ्नै बुवाका सामु दिएको बयानमा बलात्कार पनि गरेको स्वीकार गरेका हुन।
दोगडाकेदार गाउँपालिका– ७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो। यसअधी दिनेशले भागरथीको हत्या गरेको स्वीकार गरेपनि बलात्कार नगरेको बयान दिएका थिए।
हत्याका आरोपित दिनेशले आज दिएको बयानका क्रममा बलात्कार पनि गरेको आधिकारिक पुष्टि भने प्रहरीले गरेको छैन।
सम्बन्धित समाचार :




