दार्चुला । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानिकी भागरथी भट्टको शब आज दाहसस्ंकार गरिने भएको छ ।

हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरेर थप प्रमाण समेत जुटाएपछि आज आफन्तले शब बुझेर दाहसंस्कार गर्न लागेका हुन् । बिहान १० बजे गोठलापानि बजारदेखि सेरासम्म शवयात्रा निकालिने मृतकका दाई केशबराज भट्टले बताउनुभयो ।

प्रहरीले अभियुक्त दिनेश भट्टलाई बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिसकेको छ । प्रहरीले मृतक भागरथीको आफन्त पर्ने दिनेशलाई पक्राउ गरेकोमा परिवारले प्रमाणहरु देखाउनुपर्ने भन्दै यसअघि शव बुझ्न अस्वीकार गरेका थिए । तर आरोपीत दिनेशको परिवारका सबै सदस्यहरुसंग हिजो एक्लाएक्लै कुरागर्न लगाइएकोमा सबैका अगाडी आफैले बलत्कार र हत्या गरेको दिनेशले स्वस्कार गरेका हुन् ।

दिनेशले आफ्ना बुवासंग समेत ४ घण्टा अलग्गै बसेर कुरागर्दा सबै घटना आफैले गरेको स्वीकार गरेकाछन् ।

अभियुक्तले प्रहरी र उनका आफन्तसंग न्यायीक हिरासतमा दिएकै बयानसँग सबै प्रमाणहरु मिल्न गएकाले आज आफुहरु शवको दाहसस्कार गर्न लागेको मृतकको आफन्तले बताएकाछन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?