नेपालमा कोरोना सङ्क्रमितकाे सङ्ख्या ३२३५ पुग्याे, १३ जनाको मृत्यु

दार्चुला । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै संक्रमितहरुको कुल सङ्ख्या ३२३५ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिनुभयाे ।

देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा मोरङ २, सुनसरी ४, सप्तरी १, नवलपरासी ३, बाँके १२, बर्दिया २८, कास्की ३, स्याङ्जा १०, बाग्लुङ १, सुनसरी १, सप्तरी ७, बजाङ ६, कन्चनपुर १, कन्चनपुरमा रहेका काठमाडौंका २ जना ,अछाम २, कैलाली २, डडेलधुरा १, दैलेख ४३, डोल्पा १, दैलेख ४, सुर्खेत १०, जाजरकोट ४, सल्यान ३८, रुपन्देही १७, अर्घाखाँची १, कपिलबस्तु ११, नवलपरासी २, रुपन्देही ३, भक्तपुर १, धनुषा ८, कपिलबस्तु ३९, काठमाडौं ४, महोत्तरी ३५, रौतहट ६, सर्लाही २७ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी, आज थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।

त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । कुल मृत्यु १३ पुगेको छ ।  डोल्पा गत जेठ २१ गते राति दुईबजेतिर ५८ वर्षका पुरुषको १६ गते सुर्खेतबाट १८ गते डोल्पा जानुभएको थियो । उहाँ दमको रोगी हुनुहुन्थ्यो ।

एकजना मृगोला रोगी महिलाको सेती अस्पतालमा जेठ २३ गते डाइलाइसिस गर्दैगर्दा दिउँसा करिब १२ बजे मृत्यु भएको छ । उहाँमा कुनै पनि कोरोना भाइरसको लक्षण देखिएको थिएन । तर सेती अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पोजेटिभ आएको छ ।

नेपालका ७० जिल्लामा सङ्क्रमण भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?