दार्चुला । कञ्चनपुरमा घरायसी विवादका क्रममा कुटपिट गरेर बुहारी र नातीले बृद्धको हत्या गरेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर २ पशुपती टोल बस्ने ३५ वर्षीया सिता थापा र उनका छोरा १८ वर्षीय अर्जुनले कुटपिट गरेर ७६ वर्षीय प्रेम थापाको हत्या गरेका हुन्।
उनीहरु दुवै जना मृतकका बुहारी र नाती रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाका अनुसार माघ २८ गते घरायसी विवादका क्रममा थापामाथि चिर्पटले कुटपिट गरेपछि गम्भीर घाइते भएका थिए।





प्रतिक्रिया