सुदूरपश्चिममा कोरोनाबाट दुई जनाको मृत्यु

दार्चुला । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका कारण एक सातामा दुई जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी कैलालीकी एक महिलामा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि मृतकको सङख्या दुई पुगेको हो।

बाजुरा र कैलालीमा गरी एक सातामा दुई जनाको मृत्यु भएको हो।

शुक्रबार अस्पतालको डायलासिस वार्डमा ज्यान गुमाएकी ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो। लामोसमयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित उनी पहिलोपटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिइन्।

डायलासिस वार्डका व्यवस्थापक दिपक भट्टका अनुसार डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो। मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा उनमा कोरोना पुष्टि भएको हो।

यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना भाइरसबाट बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएको थियो। भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की बालिकाको कोरोनाका कारण मृत्यु भएको थियो।

मृतककी आमामा समेत कोरोना संक्रमण पुष्टि भएको थियो। उहाँको बाजुरा अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?