भारगथीको परिवारलाई दोगडाकेदार गाउँपालिकाले पाँच लाख राहात दिने

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानिकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई दोगडाकेदार गाउँपालिकाले पाँच लाख राहात प्रदान गर्ने भएको छ । बलात्कारपछि हत्या गरिएकी भट्टको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने दोगडाकेदार गाउँपालिका गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

गाउँकार्यपालिका बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषि पत्ता लगाउन महत्तपुर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाल प्रहरी, सञ्चारकर्मी र आम जनसमुदायप्रति धन्यबाद व्यक्त गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बहादुर धामीले जानकारी दिनुभयो । उक्त घटनामा संलग्न दोषिलाई हदैसम्मको कारवाहीको माग समेत गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत धामीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

No description available.

 

यसअघि सुदूरपश्चिम प्रदेश सरकारले समेत भागरथीको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने निर्णय गरेको छ ।

यसैबिच  घटनाका आरोपित दिनेश भट्टमाथि अनुसन्धान गर्न यसअघि ५ दिनकालागी थपिएको म्याद हिजो सकिएपछि फेरी सोमबार अदालतबाट म्याद थप गरिएको छ । भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका भट्टलाई प्रहरीले यसअघि गत बुधबारनै सार्वजनिक गरिसकेको छ । आरोपित किशोर नाबालक भएकाले २१ दिनभित्र अनुसन्धान सकेर प्रहरीले उनलाई अदालतमा पेश गर्नुपर्ने व्यवस्था छ ।

गत माघ २१ गते दोगडाकेदार ७ की भागरथी भट्ट बिद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएपछि माघ २२ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा लवलेक जंगलमा शव भेटिएको थियो । आरोपीत दिनेशले आफैले बलात्कारपछि हत्या गरेको प्रहरी र सरकारी वकिल समक्ष स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?