पुर्चौडी नगरपालिकाको आठौं नगरसभा सम्पन्न

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकाको आँठौ नगरसभा सम्पन्न भएको छ ।

नगरप्रमुख रण बहादुर कुँवरको अध्यक्षतामा आज विहाज उद्धाटन भएको नगरसभा आजै सम्पन्न भएको हो ।

May be an image of 1 व्यक्ति तथा बसिरहेको

नगरपालिकाले चालु आर्थिक बर्षको ६२ करोड बजेट मध्ये २४ करोड रुपैया निकासा गरेको छ, भने ३८ करोड २४ लाख निकासा गर्न बाँकि रहेको नगरप्रवक्त दल बहादुर धामीले जानकारी दिनुभयो ।

नगरपालिकामा निकासा गरिएको २४ करोड मध्ये हाल सम्म १७ प्रतिशत रमक मात्रै खर्च भएको नगरसभामा जानकारी गराइएको छ ।

May be an image of ६ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा उभिएका मानिसहरू

त्यस्तै नगरसभाले नगरपालिकाको वडा नम्बर १, २ र ७ को बाकि रहेका योजनाहरुको बजेट पास गरेको छ ।

नगरसभामा नगर उप प्रमुख जानकी ऐर बम, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विर बहादुर नेपाली लगायत १० वटै वडाका निर्वाचित जनप्रतिनिधिकारुको सहभागीता रहेको पुर्चौडीबाट लोकदर्पण समाचारदाता हरि सिंह साउदले खबर पठाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?