दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ४ मा रहेको पारसिला सामुदायिक बन उपभोक्ता समिति गठन गरिएको छ । फागुन ११ गतेका दिन बसेको बैठकले मानबहादुर पालको अध्यक्षतामा समिति चयन गरेको हो ।
समितिको सचिवमा मोहन बहादुर पाल, कोषाध्यक्ष चन्द्रबहादुर पाल चयन भएका छन् । बिरभान गिरी र द्रोपति पाल सदस्य रहेको स्थानीय हरिश बहादुर पालले जानकारी दिनुभयो । यस्तै धिरेन्द्र बहादुर पालको अध्यक्षतामा सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिको सचिवमा हरिश बहादुर पाल चयन हुनुभएको छ ।
नवनिर्वाचित समितिले विभिन्न निर्णय समेत गरेको छ । बनमा सडेगलेका बस्तु स्थानीयको लागि पाँच सय रुपैँया र बाहिरका मान्छेको लागि पाँच हजार रुपैँया शुल्क निर्धारण गरिएको छ ।
यस्तै एक टेक्टर ढुङ्गा स्थानीयको लागि अवस्था हेरेर शुल्क हेरफेर गर्ने र बाहिरको मान्छेका लागि दुई सय रुपैँया प्रति टेक्टर शुल्क लिने निर्णय गरिएको समितिका सल्लाहाकार हरिश बहादुर पालले बताउनुभयो ।






प्रतिक्रिया