दार्चुला । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मा एक युवती मृत अवस्थामा फेला परेकी छन्।
पुनर्वास–२ की अन्दाजी १८ वर्षीया युवती घरभित्रै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।
सिलिङ पंखामा झुण्डिएको अवस्थामा भाइले डोरी काटेपछि शव भुँइमा खसेको अवस्थामा प्रहरी टोली पुगेको उहाँले बताउनुभयो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया