स्नातक तह तेस्रो वर्षको एनालाइटिकल जोमेट्रीकोे परीक्षा रद्द

दार्चुला । देशैभर स्नातक तह तेस्रो वर्ष शिक्षा शास्त्र संकायको गणित (एनालाइटिकल जोमेट्री) विषयको परीक्षा रद्द भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले गलत प्रश्नपत्र पठाउँदा परीक्षा स्थगित भएको हो । परीक्षा नियन्त्रण कार्यालयले गलत प्रश्नपत्र पठाएको कारण परीक्षा रद्द गरिएको सुदुरपश्मिाञ्चल दार्चुला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कष्ण सिह साउदले जानकारी दिनु भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले कभर अनुसारको प्रश्न पत्र नपठाउँदा परीक्षा रद्द भएको दार्चुला बहुमुखी क्याम्पसका प्राध्यापक कृष्ण सिह साउदले जानकारी दिनु भएको छ ।

कभर अनुसारको प्रश्नपत्र आएन, कभरको सबै डिटेल ठिक छ, कभरभित्रको प्रश्नपत्र भने अर्कै आएछ,’ क्याम्पस प्रमुख साउदले भन्नुभयो । यस विषयमा परीक्षा नियन्त्रण कार्यालयमा बुझ्दा गल्ती भएको हो, परीक्षा रद्द गरिएको छ र फागुन २३ गते पुनः परीक्षा हुन्छ भन्ने जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

अन्य परीक्षा यथावत रुपमा सञ्चालन भइरहेको पनि उहाँले बताउनुभयो । गत वर्ष कोरोनाका कारण सञ्चालन हुन नसकेको परीक्षा हाल सञ्चालन भइरहेको छ ।

स्नातक तह तेस्रो वर्ष शिक्षा शास्त्र संकायको गणित (एनालाइटिकल जोमेट्री) विषयमा दार्चुलाबाट १६ जना विद्यार्थीहरु रहेको दार्चुला बहुमुखी क्याम्पस दार्चुलाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?