मालिकार्जुनका मुखिया एवं वडा अध्यक्ष धामीको मृत्यु

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको देशकै सात धाम मध्येको धाम तथा धार्मीक पर्यटकिय गन्तब्य मालिकार्जुन मन्दीरका मुखिया एवं वडा नम्बर ३ का वडा अध्यक्ष रुद्रे सिंह धामीको मृत्यु भएको छ ।

उहाँको आज विहान मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मडमा आफ्नै घरमा एक्कासी मृत्यु भएको मालिकार्जुन मन्दीर व्यवस्थापन समितिका सचिव जनक सिंह धामीले जानकारी दिनुभयो ।

मालिकार्जुन मन्दीर व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका उहाँको विहाँन ६ बजे तिर ७८ बर्षको उमेरमा मृत्यु भएको उहाँले बताउनुभयो ।

धार्मीक आस्थाको केन्द्र मालिकार्जुन मन्दिरका मुखिया समेत रहनुभएका धामी जिल्ला भित्र र बाहिर परिचित हुनुहुन्थ्यो । उहाँको निधनमा आफन्त, इष्टमित्र र शुभचिन्तकहरुले दुख व्यक्त गरेका छन् ।

आज अन्तिम संस्कार गर्नुअघि श्रद्धाञ्जली सभाको आयोजना गरिएको आफन्तहरुले बताएका छन् ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?