डोटीमा शिक्षक मृत भेटिए, हत्याको आशंका

दार्चुला । डोटीमा शिक्षक मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डको करिब ५ मिटर तल सोही ठाउँका अन्दाजी २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लले स्थानीय भूमिराज केदार आधारभुत विद्यालयका शिक्षक भट्टराई मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताउँदै प्रहरी नायब उपरीक्षक मल्लले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा छुट्टै टोली परिचालन गरिएको बताउनुभयो ।

मृतक शिक्षकका भाइ कृष्णप्रसाद भट्टराईले दाजुको हत्या गरिएको हुनसक्ने आशंका रहेकाले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभयो ।।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?