खरानी बन्यो, ५ करोड रुपियाँको फर्निचर उद्योग

दार्चुला । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ चटकपुरस्थित फर्निचर उद्योगमा भएको आगलागी २ घण्टापछि नियन्त्रणमा आएको छ।

आलोक मल्टी कन्सर्न प्रालिमा लागेको आगो धनगढी उपमहानगरपालिकाका २ वटा दमकल, गोदावरी नगरपालिकाको एउटा दमकल, एउटा स्काभेटर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निभाएका थिए।

आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन्। प्रहरीले क्षतिको विवरण खुलाउन बाँकी छ।

आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

फर्निचर उद्योगसँगै रहेको शोरुममा पनि आगलागी भएको बताईएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?