दार्चुला । बैतडीमा चितुवाको आक्रमणबाट महिला घाइते हुनुभएको छ ।
जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ८ मा चितुवाले आक्रमण गर्दा ४० वर्षीया नारु साउद घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते साउदको डडेल्धुरामा उपचार भइरहेको छ।
उहाँलाई स्थानीय भौनेली मन्दिर नजिकैको जंगलमा बादँर धपाउन गएका बेला चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया