दार्चुला । लटिनाथ युवा क्लव शैल्यशिखर नगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगीतामा लोकदर्पण मिडिया ग्रुपको टिम प्रथम भएको छ ।
खेलाडी मान होइन्न सम्मान हो, खेलकुद शान होईन पहिचान हो, भन्ने नारा सहित यहि फागुन २४ गते सञ्चालन भएको खुल्ला पुरुष भलिबल प्रतियोगीता आज सम्पन्न भएको हो ।
उक्त प्रतियोगीतामा १८ टिमको सहभागीता रहेको युवा क्लवका सदस्य राम सिंह ठगुन्नाले जानकारी दिनुभयो ।
प्रथम भएको लोकदर्पण मिडिया ग्रुपले ५ हजार ५ सय २५ रुपैँया, सिल्ड, मेडल र प्रमाण पत्र पाएको छ ।
त्यस्तै दोस्रो भएको आयुस सिलाई सेन्टरले ३ हजार ५ सय २५ रुपैँया, सिल्ड, मेडल र प्रमाण पत्र र तस्रो भएको एल वाई सि खोल्सीले २ हजार ५ सय २५ रुपैँया, सिल्ड मेडल र प्रमाण पत्र पाएको लोकदर्पण मिडिया ग्रुपका टिम क्याप्टेन बल्देव सिंह धामीले जानकारी दिनुभयो ।





प्रतिक्रिया