बझाङ्ग। बझाङ्गको बित्थडचिर गाउँपालिकाको देवेश्वरी मा वि मा ३ सय ९० घण्टे निशुल्क बेमौसमी तरकारी खेती तालिम सञ्चालन भएको छ।
देशमा भएको बेरोजगारीलाइ मध्यनजर गर्दै भावीपुस्ताका मान्छेहरुले बेरोजगारी भोग्न नपरोस भन्ने हेतुका साथ देवेश्वरी मा विका बिद्यार्थीहरुलाइ ६५ दिने तालिम सञ्चालन गरिएको हो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सुदुरपश्चिमको कार्यालय धनगढी कैलालीले उक्त तालिम सञ्चालन गर्न लागेको हो ।
भावी पुस्ताले कसरी कृषि पेसालाइ अगाल्न सक्छ्न ? जुनसुकै मौसम पनि कसरी तरकारी खेती गर्न सक्छन, भन्ने बिषयलाइ मध्यनजर गर्दै ३९० घण्टे बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरिएको र उक्त तालिममा कृषिका विधार्थी र अन्य संकायका विद्यार्थी गरि २० जनालाइ तालिममा सहभागी गरिएको नेपाल शिक्षक सङ्घ बझाङ्ग बित्थडचिरका सचिव सम्बोध मल्लले बताउनुभयो ।





प्रतिक्रिया