बझाङमा छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

बझाङ । बझाङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्।

पीडित बालिकाकी आमाले १३ वर्षीया छोरीलाई उनकै ४४ वर्षीय बुवाले बलात्कार गरेको जाहेरी दिएका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनलाई जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेखबाट पक्राउ गरिएको हो।

उनीविरूद्ध जबरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लोकेन्द्र सिंह कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?