भारतविरुद्धको पहिलो टी-२० मा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी

दार्चुला ।  भारतविरुद्धको पहिलो टी-२० मा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी भएको छ ।

भारतले दिएको १२५ रनको लक्ष्य इङ्ग्ल्याण्डले २ विकेट गुमाएर २७ बल बाँकी छँदै पूरा गर्यो ।

योसँगै इङ्ग्ल्याण्डले पाँच टी-२० मा एक शून्यको अग्रता लिएको छ । इङ्ग्ल्याण्डलाई जिताउन जोशन रोयले ४९ रन बनाउँदा जोस बट्लरले २८ रनको योगदान गरे ।

रोय र बट्लरले ओपनिङ गरेका थिए । यी दुई खेलाडीको बीचमा ७२ रनको साझेदारी भएको थियो । रोयले ३२ बल खेल्दा चार चौका र तीन छक्का प्रहार गरे । त्यसपछि डेभिड मलान र जोनी बेरिस्टोले नट आउट रहँदै इङ्ग्ल्याण्डलाई सहज जीत दिलाए । वेरिस्टोले १७ बलमा २६ रन बनाउँदा दुई छक्का र एक चौका प्रहार गरे ।

यसैगरी २० बलमा २४ रन बनाउँदा मलानले एक छक्का र दुई चौका प्रहार गरे । भारतका लागि युजबेन्द्र चहल र वासिङ्‍गटन सुन्दरले एकरएक विकेट लिए । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२४ रन मात्रै बनाउन सक्यो ।

भारतको सुरुवात भने राम्रो रहन सकेन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?