मेयर कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई

दार्चुला । काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

त्रिवी क्रिकेट मैदानमा सशत्र प्रहरीको एपीएफ क्लबलाई आठ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हो । एपीएफले दिएको एक सय ६ रनको सामान्य लक्ष्य पुलिसले २४ ओभर एक बलमा मात्रै दुई विकेट गुमाएर भेटायो ।

पुलिसको जितमा सुनिल धमलाले ५९, दिपेन्द्रसिंह ऐरीले ११ र कुशल भुर्तेल तथा अनिल मल्लले समान १५/१५ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर चार बलमा अलआउट हुँदै एक सय पाँच रन बनायो । उसका वसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । एपीएफलाई कम स्कोरमा समेट्न पुलिसका गुल्सान झा र सागर ढकालले ४/४ तथा पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए ।

विजेता बनेको पुलिस क्लबले ५ लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएका छन् । काठमाण्डौ महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा पाँच समूह सहभागी थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?