डडेल्धुरा । डडेल्धुरामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्धसहित ५ जना पक्राउ परेका छन्।
जिल्लाको परशुराम नगरपालिकाकी ती बालिकालाई बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका २८ वर्षीय बलबहादुर पुन मगर, १९ वर्षीय राजेश थापा मगर, ७० वर्षीय प्रताप भट्टराई, १६ वर्षीय जगदिश थापा मगर र २४ वर्षीय हरिजित सिजाली पक्राउ परेका हुन्।
बालिकालाई बिगत २ महिनादेखि बारम्बार बलात्कार गरेको भन्दै उनका दाईले जाहेरी दिएपछि आरोपितहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक यज्ञराज भट्टले बताउनुभयो ।
पक्राउ परेका पाँचै जना आरोपितमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।





प्रतिक्रिया