दार्चुला । दार्चुला र बैतडी जिल्लामा शैक्षिक सुधारका लागि २८७ विद्यालयको आवेदन परेको छ । दार्चुलामा शैक्षिक सुधारका लागि ७९ विद्यालयको आवेदन परेको छ । भने बैतडीमा शैक्षिक सुधारका लागि २ सय ८ विद्यालयको आवेदन परेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दार्चुलामा ७९ र बैतडीमा २ सय ८ विद्यालयको आवेदन परेको शिक्षा विकास तथा समन्वय इकाईहरुले जनाएका छन् ।
उक्त विद्यालयहरुले भवन निर्माण, कक्षाकोठा मर्मत, खेल मैदान तथा सामग्री, कम्प्युटर तथा सूचना प्रविधि, कम्प्युटर ल्याब, खानेपानीलगायतका शीर्षकमा आवेदन दिएको बताइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयको आवेदनपश्चात् पालिकाले निर्णय गरी सङ्घीय सरकारलाई पठाएको जनाएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिले तयार पारेका कार्ययोजनाको आधारमा छनौट गरी २५ लाख रुपैयाँसम्म बजेट विनियोजन गरिने बताइएको छ ।





प्रतिक्रिया